भरतपुर, २० साउन ।
भरतपुर १९ मा आज भएको पुनः मतदानमा दिउसो २ बजेसम्म झण्डै ६० प्रतिशत मत खसेको छ । भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता छन् । अब झण्डै १ हजार ५ सय मत खस्न बाँकी रहेको छ ।
सो वडामा किरणमावि किरणगञ्जमा मतदान गर्ने १ हजार २ सय ४८ जना मतदाता सहभागि हुदैछन् । यस्तै जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जानगरमा मतदान गर्ने १ हजार ३ सय ६ मतदाताले मतदान प्रक्रियामा सहभागिता जनाउँदै छन् । यस्तै शारदा मावि शारदानगरमा १ हजार २ सय ४३ मतदाताले मतदान गर्नेछन् । विहान सामान्य वर्षा भएपनि मौसम शितल भएपछि रोपाईको चटारो भएपनि उत्साहजनक रुपमा मतदाता मतदान प्रक्रियामा सहभागि भएका छन्।
भरतपुर १९ मा कांग्रेसका कर्णबहादुर गुरुङ, एमालेका प्रकाश तामाङ, माओवादी केन्द्रका खड्कबहादुर गुरुङ वडाध्यक्षका उम्मेद्वार छन् । भरतपुर वडा नं कांग्रेस र माओवादी केन्द्रले वडातहमा समेत तालमेल गरेका छन् । भरतपुर महानगरको मेयरमा माओवादीकी रेणु दाहाल, एमालेका देवी ज्ञवाली छन् । यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाह र एमालेकी दीव्य शर्मा आचार्य छन् । २० को मतगणना गर्न बाँकीनै छ ।
फोटोः प्रविन बराल