भरतपुर, ३ चैत ।
राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानले आयोजना गरेको वाघ गैंडा संरक्षण पाठशालाको चौँथो अंक मगंलबार सम्पन्न भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती आसपासका स्थानीयलाई लक्षित गरि पाठशाला सञ्चालनमा ल्याइएको हो । दैनिक घाँसदाउरा गर्दा असुरक्षित महसुस गरेका स्थानीयले वन्यजन्तुबाट जोगिन र वन्यजन्तुलाई जोगाउने उपायबारे पाठशालाबाट जानकारी दिइएको छ ।
राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान र बेलशहर मध्यवर्ती सामुदायिक वनको समन्वय एवं प्रकृति संरक्षण शिक्षालय कसराको पप्रबर्द्धनमा भएको पाठशालामा नेपाली सेनाका उपसेनानी सुरज बाँनियाले संरक्षणसम्बन्धी प्रशिक्षण दिए । भरतपुर-१३स्थित क्षितामाईमा रहेको बेलशहर मध्यवर्ती सामुदायिक वनको भवनमा भएको कार्यक्रममा पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतो प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महतोले स्थानीयलाई संरक्षण सम्बन्धी ज्ञान प्रदान गरेकोमा आयोजकको प्रशंसा गरे । राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानका संयोजक तथा संरक्षणकर्मी अपिल घिमिरेले कार्यक्रम आयोजना गरिनु बारे पुष्टि गर्दै नदी, वन र वन्यजन्तुको संरक्षणको लागि सरसफाई अनिवार्य रहेको बताए । ५० जना स्थानीयको सहभागिता रहेको पाठशालालाई बेलशहर मध्यवर्ती सामुदायिक वनका सचिव गिरीधारी पौडेलले सञ्चालन गरेका थिए ।