भरतपुर्,२० साउन ।
नेकपा एमालेका भरतपुर महानगरपालिकाका लागि मेयर पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले राज्यशक्तिकाे दुरूपयाेग गरेर भरतपुर-१९ मा पैसा बाँडेकाे अाराेप लगाएका छन् । भरतपुर-१९ काे पुन:मतदानको क्रममा शारदा मा.वि. मतदानस्थलमा भेटिएका ज्ञवालीले माअाेवादी-कांग्रेस गठबन्धन जिताउन रातभर पैसा बाँडिएकाे बताए । “ममाथि ठूलाे अन्याय भयाे”, चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टलाई भेटेर उनले भने, “सुरक्षाकर्मी खटाएर स्कर्टिङमै पैसा बाँडिएकाे छ ।”
भरतपुर १९ काे मिलचाेकमा राति साढे १ बजे रेणु दाहाल प्रहरी स्कर्टिङमै गएर पैसा बाँडेकाे उनकाे अाराेप छ ।
भरतपुर को १९ न वडामा ३ हजार ७ सय ९७ मतदाता छन् । ३ मतदानस्थलमा ६ मतदान केन्द्र छन् । हालसम्म १००० भन्दा बढी मत खसेको छ ।