भरतपुर, २५ फागुन ।
निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युिनष्ट पार्टी (नेकपा) खारेज गरिदिएको छ । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उत्प्रेषणको आदेशबाट बदर भएको बताउँदै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको विज्ञप्ति मार्फत जनाएको हो ।
दल खारेज सम्बन्धीको विषय एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जानकारी दिने पनि आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।
यस्तै,आयोगले सर्वोच्चको फैसला बमोजिम अलग अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहेको पनि ओली र दाहाललाई जानकारी दिने भएको छ ।