विनोद श्रेष्ठ
२० साउन ।
नारायणगढ मुग्लिन सडक खण्ड अहिले पनि पहिरो कारण ठप्प छ । हिजो बेलुकी एक तर्फी राजमार्ग खुलाएर विचमा फसेका सवारी साधनहरुलाई निकालिएता पनि अहिले फेरी काली खोला देखि नौ किलो सम्मका क्षेत्रहरुमा ठुलो सानो पहिरो खसेको कारण राजमार्ग पुन ठप्प भएको साइड इञ्चार्ज राजन दाहलले जानकारी दिए । उहाँको अनुसार नौकिलोमा कालीखोलामा खसेको जत्रै पहिरो खसेको र रोड समेत भासिएको हुँदा ग्याविन जाली राखेर मात्र सवारी सञ्चालन गर्नुपर्ने हुदा आज दिनभर पनि सवारी सञ्चालनमा ल्याउन सम्भावना कम रहेको छ । सिमसिम पानी परिराखेको कारण काम गर्न समस्या भएको र पानी पर्न नरोकिए पुन पहिरो खस्न सक्ने अनुमान समेत गरिएको छ ।