भरतपुर , १९ साउन ।
भरतपुर महानगरपालिकाको मेयर माओवादी उम्मेदवार रेणु दाहाललाई गालीगलौज गरेको आरोपमा बुधबार काठमाडौंबाट पक्राउ परेका निरभ ज्ञवाली बिहीबार धरौटीमा रिहा भएका छन ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णराम कोइरालाले निरभलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका हुन् ।निरभ भरतपुर महानगरपालिकाका अर्का मेयर एमाले उम्मेदवार देवी ज्ञवालीका छोरा हुन् ।