प्रमिता ढकाल्
१८ साउन ।
पश्चिम चितवनको पटिहानीमा सुविधासम्पन्न रिर्सोट बन्ने भएको छ । १३ जना उद्योगी व्यवसायीको कल्पनालाई साकार बनाउन आज रिर्सोटको लिान्यास समेत गरीएको छ । ४० करोडको लगानीमा बन्न लागेको रिभर साइड रोयल गार्डेन रिसोर्टको आज शिलान्यास गरिएको हो । चितवनका चितवनका उद्योगी,व्यवसायी एवम समाजसेवी महेन्द्र लाल प्रधानले एक भव्य समारोहका विच आज होटलको शिलान्यास गरेका हुन् । प्रकृतिको सुन्दरतासंगै छुट्टी मनाउने प्याकेज प्रोगाम सहितका सुविधा को सुनिश्चितता हुने रिर्सोटका प्रबन्ध निर्देशक ऋषिराम न्यौपानेले बताए । विगत देखिनै व्यवसाय गर्दै आएका उद्योगी एवम व्यवसायीहरुको उत्कृष्ट समुह मिलेर होटलको निर्माण गर्न लागिएकोले यस्को गुणस्तर पाँचतारे होटल जतिकै हुने उनले दावी गरे ।पटिहानीको स्थानिय भएको नाताले पनि आफुलाई यहांको सम्भाव्यताबारे जानकार रहेको उनको भनाई छ । होटललाई शहरी कोलाहलबाट टाढा राख्दै आकर्षक र सुविधा सम्पन्न बनाउन प्राथमिकता दिइएको होटलका अध्यक्ष कल्याण जोशीले बताए ।पछिल्लो समय पर्यटकिय गन्तव्यको रुपमा विकास हुंदै गरेको पश्चिम चितवनको पटिहानीमा लगानी बढाउन पर्यटन व्यवसायी तथा उद्योगीहरुको समेत चासो बढ्न थालेको पाइन्छ ।कसराबाट ,रामसार सूचीमा सूचीकृत विसहजार ताल लगायत सामुदायीक वनहरुको नजिक रहेको पटिहानी सांस्कृतिक रुपमा पनि सम्पन्न रहेको भन्द व्यवसायीहरु यस क्षेत्रमा लगानी गर्न हौसिएका हुन् । पर्यटकिय विविधताले भरीएको पटिहानी आफैमा एउटा सुन्दर उपहार भएको नकार्न सकिन्न ।