भरतपुर, १८ साउन ।
क्षेत्रीय होटल संघ सौराहा चितवनले जिल्लामा पर्यटक आवागमन बढाउन ६ सुत्रिय माग राखेका छन् । नारायणगढ मुग्लिङ सडकखण्डको वस्तुस्थिति बुझ्न चितवन आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नारायणगढ मुग्लिङ सडक नियमित सुचारु गराउन पहिरोको जोखिम स्थानमा सर्तकता अपनाउन पहल गर्न अनुरोध गरेका छन् ।
सो सडक दिउसो समेत पूर्णरुपमा बन्दगरी निर्माणको काम युद्धस्तरमा अघि बढाउनुपर्ने, रातको समयमा मालबाहक ट्रक र रात्रीबसलाई यात्रा गर्न दिने व्यवस्था मिलाउन माग गरिएको छ । सो सडकखण्ड हुदै चितवन भित्रिने पर्यटकको चाप घटेपछि संघले नयाँ विकल्प अघि सारेको हो । काठ्माण्डौ–भरतपुर उडानमा हवाईभाडामा विदेशीलाई लिदै आएको भाडादरमा पुनरावलोकन गर्न माग गरिएको छ । भाडादर कम गरे चितवन आउने पर्यटकको संख्या बढ्न सक्ने संघको निष्कर्ष छ । भरतपुर विमानस्थलमा रात्रीकालिन हवाईसेवा सुचारु गर्न आवश्यक पूर्वाधार निर्माणमा पहल गरिदिन अनुरोध गरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।
भण्डारा–मलेखु सडक खण्डलाई वैकल्पिक मार्गको रुपमा विकास गरिदिन अनुरोध गरिएको बताए । पर्यटन व्यवसाय सडक खण्ड र हवाई सेवाको उच्च भाडादरले निकै मारमा परेकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए । हाल सौराहामा पर्यटक झण्डै १० प्रतिशतमा झरेको छ । चितवनमा ८ अर्ब बढी होटल सञ्चालनमा लगानी भएको अनुमान छ । मुग्लिङ सडक निर्माणमा भएको ढिलाईले पर्यटक जोखिम मोलेर चितवन भित्रने अवस्था नरहेको भन्दै तत्काल समस्या समाधानका लागि विकल्पबारे जानकारी गराइएको बताए ।
पत्र यस्तो छ