भरतपुर, १८ साउन । भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवाली पक्राउ परेका छन् ।
निरभलाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ परेका ज्ञवालीलाई साइबर अपराधमा मुद्दा चलाइने महानगरिय अपराध महाशाखाले जानायको छ ।
सामाजिक सञ्जाल फेसबुकमा आफूलाई गाली गलौज गरेको भनेर निरभविरुद्ध भरतपुर महानगरमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेणु दाहालले प्रहरीमा उजुरी दिएकी थिइन् । दाहालको उजुरीका आधारमा ज्ञवाली प्रकाउ परेका हुन् ।