विप्लव काफ्ले
भरतपुर, १७ साउन ।
स्थानीय तह निर्वाचनमा भरतपुर–१९ का जनताले व्यक्त गरेको आफ्नो अभिव्यक्ति समेटिएको मतपत्रमा मंगलबार दनदनी आगो लाग्यो । मतगणना हुँदाहुँदै मतपत्र च्यातिएपछि खेर गएको १९ नम्बरको मतपत्र जलेको होइन, जलाइएको हो ।
लामो समयको पर्खाइपछि सोमबार सर्वोच्च अदालतले सो वडामा पुनःमतदान गर्नू भन्ने फैसला गरेपछि आगामी साउन २० गतेलाई पुनःमतदानको मिति तय गरिएको छ । सँगै निर्वाचन आयोगले पहिलेको मतपत्र जलाउनू भनेपछि आगो लगाइएको हो । अहिलेसम्म भरतपुरको कभर्डहलमा पोको पारेर यी मतपत्र राखिएका थिए ।
कसरी जले त मतपत्र ? हेरौं प्रविन बरालले खिचेका फोटो :