१७ साउन ।
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो । अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रूपैयाँमा झरेको छ । नयाँ मूल्य मंगलबार मध्यरातिदेखि नै लागू हुनेछ । पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ ।