१७ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका–१९ मा साउन २० गते मतदान हुने भएको छ । भरतपुरमा मंगलबार बसेको सर्वपक्षीय बैठकले २० गते चुनाव गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले भरतपुर महानगरपालिका–१९ मा चुनावको मिति तय गर्न सोमबार मात्रै चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेलाई निर्देशन दिएको थियो । त्यो निर्देशन अनुसार नै न्यौपानलेले मंगलबार सर्वपक्षीय बैठक आह्वान गरेका थिए । छलफलपछि चुनावको मिति २० साउनका लागि तोकिएको हो ।
पहिलो चरणको निर्वाचनमा मत गन्दागन्दै माओवादी कार्यकर्ताले च्यातेपछि पुनः मतदान गर्ने की मतगणना अगाडी बढाउने भन्ने विवाद थियो । विवाद सर्वोच्च अदालतसम्म आइपुगेको थियो । अदालतले आइतबार निर्णय सुनाउँदै पुनः मतदान गर्न आदेश दिएको थियो