भरतपुर, १५ साउन ।
एपोलो च्याम्प चितवन २०७४ भोलि साेमबार छनौट हुँदैछ । होलिडेज क्रियशन होम नारायणगढले आयोजना गरेको प्रतियोगितामा सहभागि ५० बालबालिका मध्य उत्कृष्टले भोली प्रिन्स च्याम्प र प्रिन्सेस च्याम्प चितवन २०७४ को ताज पहिरिनेछन् । चितवन, नवलपरासी र काठमाण्डौंका विभिन्न १५ वटा विद्यालयमा अध्ययन गरीरहेका ७ देखि १३ वर्ष उमेरका बालबालिका प्रतिष्पर्धी रहेको एपोलो च्याम्प चितवन २०७४ को ग्राण्ड फिनालेबारे आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । ग्राण्ड फिनालेमा नेपाली चलचित्र जगतका महानायक राजेश हमाल प्रमुख अतिथि रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । बालबालिकालाई एक महिनासम्म विभिन्न विधागत प्रशिक्षणमा सहभागि गराउंदै फाइनलको तयारी गरीएको कार्यक्रम संयोजक नारायण ढकालले बताए । वातावरण संरक्षण गरौं जीवजन्तु बचाऔं भन्ने मूल नारा सहित प्रोगाम विथ अ परपस थिममा आधारित रहेर बालबालिकालाई सामाजिक कार्यमा समेत संलग्न गराइएको संयोजक ढकालले बताइन् ।
फाइनलका लागि छनौट २० जना बालक र ३० जना बालिकालाई अन्तराष्ट्रिय इभेन्ट म्यानेजर अनिला श्रेष्ठले प्रशिक्षण दिएकीछिन् । यस्तै नृत्य निर्देशक रेणु तामांग लगायत अन्य विभिन्न दक्ष व्यक्तिबाट व्यक्तित्व विकासका प्रशिक्षण प्रदान गरीएको संयोजक ढकालले बताए । दुबै तर्फका विजेतालाई क्रमशः ३० हजार, २० हजार र १५ हजारले पुरस्किृत गरीने उनले बताए ।वातावरण संरक्षणको सन्देश फैलाउनका लागि विजेता दुई जनालाई साइकल प्रदान गरीने समेत उनले जानकारी दिए ।
प्रतियोगितामा सहभागि हुन प्रत्यक बालबालिकाको प्रवेश शुल्क १५ हजार लिइएको थियो ।सो शुल्कबाटै उनीहरुलाई विज्ञहरुबाट एक महिने प्रशिक्षण र विभिन्न क्रियाकलापमा सहभागि गराइएको ढकालले बताए ।
कार्यक्रम सफल बनाउन डि आर साइकल स्टोसंले तिरुपति पेन्ट्स,ग्लोरियस एकेडेमी,,टाइम फार्माक्यूटिकल्स,पर्फेक्ट पश्चिमाञ्चल मन्टेश्वरी ट्रेनिंग सेन्टर,नवरत्न ज्वेलर्स, पुष्पाञ्जली पुस्तक पसल,कलर्स चाइल्ड केयर एण्ड मन्टेश्वरी तथा ग्रिनल्याण्ड पबिलक स्कूलले सहकार्य गरेको आयोजक होलिडेज क्रियसन होम नारायणगढका सञ्चालक लक्ष्मी पन्त ढकालले बताइन् ।उत्कृष्ट छनौट भएकाहरुलाई अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागिताको लागि अवसर जुटाउने समेत उनले जिकिर गरेकीछिन् ।यूरोपियन संस्था इ प्लानेट इभेन्ट अर्गनाइजरसंग सहकार्य गरी लिटल प्रिन्स र लिटल प्रिन्सेस वल्र्ड, लिटल प्रिन्स र लिटल प्रिन्सेस अर्थ र लिटल प्रिन्स र लिटल प्रिन्सेस यूनिर्भस २०१७ मा सहभागिताको लागि संयोजनकारी भूमिका रहने उनले बताइन् ।