ध्रुवराज खनाल
खैरहनी, २८ वैशाख ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्थानिय तह निर्वाचन धाँधली गर्ने योजनामा रहेको वताएका छन् । खैरहनी नगरपालिका ८ पर्सा वजारमा विहीवार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले देशका विभिन्न ठाँउमा माओवादीले गरेको आक्रमणबाट यसको पुष्टी भएको वताए ।
अहिले पनि माओवादी हिंसा,आतंकबाट मच्चाउन उद्धत छ ओलीले देशका विभिन्न स्थामा आफ्ना कार्यकर्ता र नागरिक माथी भएको आक्रमण प्रति इङ्गित गर्दै भने – सत्ता कव्जा गर्ने मानसिकताबाट हामीमाथी आक्रमण भईरहेको छ । प्रतिस्पर्धामा आउन डराएर आक्रमणका घटना भएको उनको वुझाई थियो । साथै ओलीले सत्ता साझेदार दल सत्ता कव्जा गर्ने र पैसाको खेलमा लागेको आरोप पनि लगाए । नेपाली काग्रेश र नेकपा माओवादी केन्द्रलाई देशको चिन्ता नभएको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता ओलीले विकास गर्ने सोच यिनीहरुको दिमागमै नरहेको वताए ।
देश र जनताका लागि संर्घष गर्न,राष्ट्रियता र एकता र देश समृद्धीका लागि लड्ने पार्टी एमाले मात्रै रहेको उनले वताए । खैरहनी नगरपालिकामा लालमणी चौधरीको जिम्मा मैले लिन्छु भन्दै ओलीले चौधरीले भ्रष्टचार नगर्ने,भाई भजिता भनेर नवस्ने,नगरपालिकाको विकास गरेर वस्ने वताए । नेकपा एमाले खैरहनी नगर कमिटि इन्चार्ज हिरावहादुर गुरुङको अध्यक्षतामा भएको चुनावी कोण सभामा एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे,प्रदेश कमिटि सदस्य जेएन थपलिया,मेयरका उम्मेदवार लालमणी चौधरी,उपमेयरका उम्मेदवार सुनिता थपलिया,जिल्ला सदस्य कमल पाठक लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा नेपाली काग्रेश र नेकपा माओवादी केन्द्र परित्याग गरी १५ जना नेकपा एमालेमा प्रवेश गरेका थिए । चुनाव प्रचार प्रसारको अन्तिम दिन विहीवारनै नेकपा एमाले केपी शर्मा ओलीले पूर्वी चितवनको राप्ती नगरपालिका र रत्ननगर नगरपालिकामा आयोजित चुनावी कोण सभालाई समेत सम्वोधन गरेका थिए।