८ साउन।
एक्स्पर्ट एजुकेशन एण्ड भिजा शर्भिसले आज युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि कार्यशाला आयोजना गरेको छ ।कार्यशालामा सञ्चारकर्मी राधाकृष्ण धिताल र मिस नेपाल २००५ सुगरिका केसीले अभिमुखीकरण गरेकाछन् ।सहभागि ३ सय जना युवालाई उनीहरुले कुनै पनि कठिन कार्य सम्पन्न गर्न आत्मविश्वास चाहिने बताए ।बाहिरी रुपमा र सुन्दरता भन्दा मनबाट सुन्दर व्यक्तिले आत्मविश्वासलाई आफ्नो गहना बनाउन सुझाएकाछन् ।अरुके सामु प्रस्तुत हुंदा आफ्नो आवाजको सुनुवाई गराउंदै भविष्य निर्धारण गर्ने खुबी बटुल्न आग्रह गरे । दश जोड दुई अध्ययन गर्दै गरेका र स्नातक तह सकेका विद्यार्थी लक्षीत गरी अयोजना गरीएको कार्यशालामा धिताल र केसीले आफ्नो अनुभव सुनाउंदै आत्मविश्वास बढाउने टिप्स दिएकाछन् ।अहिलेका युवा विश्वबजारको शिक्षा र रोजगारको प्रतिष्पर्धामा खरो उत्रीदैं जीवन चलाउन सक्ने हुनुपर्ने उनीहरुको जोड छ ।उच्च शिक्षाका लागि विदेशका युनिर्भसीटी रोज्ने युवाहरु आफुमा आत्मविश्वास र व्यक्तित्व विकास गरेर मात्र जान तयार हुनुपर्ने एजुकेशन एण्ड भिजा शर्भिस चितवनका निर्देशक डिल्लीराम अधिकारीले बताए ।फरक माहोलमा आफुलाई सामेल गराउन सक्ने आत्मविश्वास लिएर जान सके कुनै पनि समस्याबाट विचलित नभई उद्धेश्य प्राप्त गर्न सक्ने भक्एाले विद्यार्थी लक्षित गरी कार्यक्रम राखिएको उनले बताए ।नेपालबाट जाने विद्यार्थीहरु विल्कुलै फरक माहोल र परिवेशमा पुग्ने हुंदा काम र पढाइको सन्तुलन कायम राख्न पनि यस प्रकारका सकारात्मक चिन्तनका कार्यशाला आवश्यक भएको उनले जोड दिए । एक्स्पर्ट एजुकेशन एण्ड भिजा शर्भिसले विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश जान परामर्श तथा तयारीमा मार्गदर्शकका रुपमा काम गर्ने गर्दै आएको छ ।