८ साउन ।
नारायणगढको लायन्सचोकमा रहेको फलफूल तथा तरकारी थोक व्यवसायी संघ आगामी ६ महिनासम्म यथावत रहने भएको छ । आज महानगरपालिकामा बसकेो सर्वपक्षिय छलफलले थोक बजारलाई ६ महिना समय दिएर वैकल्पिक स्थानको लागि आग्रह गर्ने निर्णय गरेको हो । भरतपुर महानगरपालिका कार्यालयले गत असार ८ गते फलफुल तथा तरकारी थोक वजारमा व्यवसाय गर्नका लागी सार्वजनिक टेण्डर आव्हान गरेको थियो । तर त्यहाँ व्यवसाय गर्दै आएका व्यवसायीले त्यसको विरोध गर्दै आएपछि आज सर्वपक्षिय वैठक वसेको भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमकुमार जोशीले जानकारी दिए । नितिनियम र ऐनमा टेकेर काम गर्नुपर्ने भएकाले आफुले सोही अनुरुप काम गरेकोे उनले बताए ।। आज टेण्डर खोलीने दिन पनि फलफूल तथा तरकारी थोक व्यवसायी संघले बिहानैदेखि लायन्सचोकमा रहेको तरकारी मण्डी ठप्प पारेर कार्यालयमा धर्ना दिएपछि सर्वपक्षिय वैठकले ६ महिना समय दिने र बजार स्थान्तरण गर्न विकल्प खोज्ने निर्णय गरेको हो । महानगरपालिकाले आह्वान गरेको टेण्डर प्रक्रियाका लागि तिन वटा आवेदन परेको थियो ।तर त्यसको वारेमा आज कुनै निर्णय भएन विरोध का कार्यक्रम का बाबजुद पनि महानगरले टेण्डर प्रथा लागु गराए कडाइका साथ जिल्ला र देश भरिका कृषि बजार बन्द गर्ने फलफुल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष थिर प्रसाद धितालले चेतावनी दिए । संघको आन्दोलनलाई उद्योग बाणिज्य संघ चितवनले पनि ऐक्यवद्धता जनाएको छ । २०५० सालवाट संचालनमा आएको सो फलफुल तथा तरकारी थोक वजारमा ५७ वटा व्यवसायीक स्टल रहेका छन् ।