कावासोती,६ साउन ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लिले आजदेखि कावासोतीमा आफ्नो सेवा बिस्तार गरेको छ । अष्टेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.ले कावासोतीमा आज एक समारोहका बिच आफ्नो शाखाको शुभारम्भ गरेको हो ।
ईलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक राजेश थापाले कावासोती शाखाको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा यस क्षेत्रका उद्योगी , व्यवसायी , शैंक्षीक संघसस्थाका प्रमुखहरु , सरकारी कार्यालयका प्रमुखहरु , बिद्यार्थी , अभिभावक र पत्रकारहरुको उल्लेख्य उपस्थििति रहेको थियो । कार्यक्रममा मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीका प्रमुख मुक्तीराम पाण्डे , कुमारवर्ती बहुमुखी क्याम्पस कावासोतीका प्रमुख गुरु सुवेदी , समाजसेवी सरस्वती तिमिल्सिना , प्रेस युनियनका केन्द्रीय सचिव के.वी. राना , जिल्ला टाफिक प्रहरी कार्यालय कावासोतीका प्रमुख धर्मेन्द्र रावल लगायतका व्यक्तीत्वहरुले शुभकामना दिनुभएको थियो ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लिका प्रबन्ध निर्देशक डिल्लिीराम अधिकारीको अधयक्षतामा भएको सो कार्यक्रममा एक्सपर्टका सञ्चार सल्लाहाकार आरके धितालले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दैं प्रबन्ध निर्देशक अधिकारीले एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.अष्टेलिया अध्ययन गर्न जान लागेका बिद्यार्थीहरुका लागि एक उत्कृष्ट शैक्षिक परामर्श सस्था रहेको बताउनुभयो ।
कावासोती र यस आसपासमा रहेका बिद्यार्थीहरुलाई उत्कृष्ट शैक्षिक परामर्श सस्था खोज्न टाढा धाउन नपरोस् भन्ने उदेश्यले कावासोती शहरमा शाखाको शुरुवात गर्न लागेको अधिकारकिो भनाइृ थियो ।
सन् २००३ मा अष्टेलियाको सिड्नीमा स्थापित यस सस्था नेपाल तथा अष्टेलियामा रहेर लामो समय यसैं क्षेत्रमा अनुभव संगालेका व्यक्तीत्वहरुद्धारा संचालित सस्थाहो । हाल सम्म एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि. मार्फत् २५,००० भन्दा बढी बिद्यार्थीहरुले सेवा लिईसकेको सस्थाले जनाएको छ ।
एक्सपर्टको शाखा कावासोतीमा
एक्सपर्टको शाखा कावासोतीमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस