शिव शर्मा
भरतपुर,६साउन /
बि पी कोइरालाका आदर्श , चिन्तनलाइ आत्मसात गरे नेपाली काङ्ग्रेस मात्र नभए समाज परिबर्तन हुने नेपाली काङ्ग्रेसका महासमिति सदस्य दिनेश कोइरालाले बताउनु भएको छ । ३५ औ बिपि स्मृति दिवसका अबसरमा भरतपुर महानगरपालिका २५ मा भएको अन्तरक्रिया एबम छलफल कार्यक्रममा कोइरालाले बिपिको आदर्श नै समाज परिबर्तनको बलियो आधार भएको बताउनु भएको हो ।भरतपुर महानगरको स्थानीय चुनाबमा टिकट पाएर फिर्ता हुनु भएका कोईरालाले बिपिलाइ एक दिनमात्रै सम्झिने प्रवृत्ति भएका नेता प्रती लक्षित गर्दै भन्नू भयो `हरेक समय बिपिका बिचार लाई भाबमा मात्रै बुझ्ने हैन कि वास्तविक ब्यबहारमा लागू गर्न सक्नु पर्दछ । अनि बल्ल समाज परिवर्तन गर्न सकिन्छ । त्यसैले हामिले के बोल्दै छौ भन्दा पनि हामी के गर्दै छौ भन्नेमा चिन्तन गर्न जरुरी छ । ´
` हामी के बोल्छौ भन्ने आवस्यकता हैन हामी के गर्दै छौ त्यो आवस्यक कुरा हो । त्यसैले बिपिलाइ सम्झेर चरित्र ,स्वभाव परिबर्तन गरौ ।´ उहाले भन्नू भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस चितवन जिल्ला सदस्य शेखर दवाडी , टेक नारायण भुसाल लगाएतले बोल्नु भएको थियो । कार्यक्रम नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका २५ का वडा अध्यक्ष काशी प्रसाद न्यौपानेको सभापतित्व र महासमिति सदस्य दिनेश कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।
बिपिको आदर्श नै समाज परिबर्तनको बलियो आधार- कोइराला
बिपिको आदर्श नै समाज परिबर्तनको बलियो आधार- कोइराला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस