भरतपुर,५ साउन ।
लायन्सचोकस्थित तरकारी तथा फलफूल थोकबजारमा व्यवसाय गर्दै आएका व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले बुधबार भरतपुर महानगरपालिका परिसरमा धर्ना दिएका छन् ।
महानगरपालिकाको स्वामित्वमा रहेको सो थोकबजारलाई टेण्डरमार्फत भाडामा दिने गरी टेण्डर आव्हान गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन् । सो क्षेत्रमा व्यवसाय गर्दै आएका व्यवसायी र महानगरबीचको सम्झौता असार मासन्तदेखि सकिएपछि टेण्डर निकालेको थियो ।
साउन १ गतेदेखि कायम हुने गरी २०७७ असार मासन्तसम्म ठेकेदारमार्फत थोक तथा खुद्रा बजार सञ्चालन गर्ने गरी असार ८ गते तीस दिने बोलपत्र आह्वान गरेको छ । लायन्सचोकको थोकबजार सञ्चालन गर्न मासिक १२ लाख र बालकुमारी खुद्रा बजार सञ्चालन गर्न मासिक १ लाख कम्तिमा कबोल गर्नुपर्ने र वार्षिक १० प्रतिशतले भाडा वृद्धि हुने गरी टेण्डर निकालिएको छ ।
फलफूल तथा तरकारी थोकबजार व्यवसायी संघका अध्यक्ष थीरप्रसद धितालले व्यवसाय विस्थापन गर्ने गरी टेण्डर निकालिएको आरोप लगाए । उनले जनप्रतिनिधि, व्यवसायीसँग छलफलनै नगरी एकलौटीरुपमा टेण्डर निकालिएको जीकिर गरे । उद्योग वाािण्ज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले आन्दोलित व्यवसायीसँग महानगरपालिकाले तत्काल वार्ता गर्नुपर्ने बताए ।
उनले व्यवसायलाई नै धरासयी गराउने गरी निर्णय नलिन अनुरोध गरे । यता महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले ऐननियमसँगत टेण्डर निकालिएको बताए । उनले ऐन बाहिर रहेर महानगरपालिकाले निर्णय लिन नमिल्ने बताए । स्वच्छ प्रतिस्पर्धाबाटै थोकबजार तथा खुद्रबजारलाई भाडामा दिइने बताए । आन्दोलित व्यवसायीले साउन ८ गते दिनभर धर्ना दिने जनाएका छन् ।
व्यवसायी आन्दोलित, महानगर मौन
व्यवसायी आन्दोलित, महानगर मौन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस