भरतपुर,५ साउन ।
भरतपुर क्षेत्रमा विनासूचना हुँदै आएको लोडसेडिङको समस्या समाधान छिट्टै हुने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । यो हप्ता छिनछिनमा विद्युत् सेवा अवरुद्ध हुँदै आएको छ ।
चितवनलाई गतवर्ष माघमा लोडसेडिङमुक्त जिल्ला घोषणा गरिएको थियो । भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादवले आज बिहीबारसम्म समस्या हल हुने बताए । उनले अपुग विद्युत्भार व्यवस्थापन गरेपछि विद्युत् अवरुद्ध हुने समस्या हल हुने बताए । भरतपुर सबस्टेशनमा दुई ठूला ट्रान्सफरर्मरमार्फत विद्युत् सप्लाई हुने गरेको छ । जसमध्ये २२ एमभीए क्षमताको ट्रान्सफर्मरमा बढी लोड देखापरेको छ । जसका कारण पटक–पटक लाइन अवरुद्ध हुने गरेको छ । अर्को १० एमभीए क्षमताको ट्रान्सफर्मरमा लोड कम परेको छ ।
कार्यालयले बढी लोड परेको ट्रान्सफर्मरबाट कम लोड भएको ट्रान्सफर्मरमा ३ एममीए क्षमता सारेर नियमित विद्युत् सुचारु गर्ने कार्य बुधबार साँझसम्म गरिरहेको थियो । बिहीबारबाट यो समस्या निराकरण हुने जनाइएको छ । नारायणी लिफ्ट सिंचाई र पानीका पम्प सञ्चालन हँुदा विद्युत् लोड बढेकाले लाइन काटिएको कार्यालयको दावी छ । नारायणी लिफ्ट सञ्चालनमा रहँदा २ मेगावट विद्युत् खपत गर्छ भने व्यक्तिगत पानी पम्प ५ देखि ७ केभीए क्षमताका सञ्चालनमा आउने गरेका छन् । बढ्दो गर्मीका कारण विद्युत् खपतसमेत बढेको छ ।
लोडसेडिङमुक्त जिल्लामा छिनछिनमा बिजुली बन्द
लोडसेडिङमुक्त जिल्लामा छिनछिनमा बिजुली बन्द
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस