भरतपुर,४ साउन।
नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले भरतपुर महानगरपालिकाले पछिल्लोपटक नारायणगढको तरकारी तथा फलफूल थोक बजारको भाडा बढाउन गरेको तयारीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मञ्चका अध्यक्ष दुर्गाप्रसाद गौतमले विज्ञप्ति जारी गरी भाडा बढाउने गरी महानगरपालिकाले गरेको टेण्डरले उब्जाएको तनावप्रति सबै पक्षलाई जिम्मेवार हुन भनिएको छ । विज्ञप्तिमा सकारात्मक वार्ताको माध्यमबाट समाधान खोज्न फलफूल व्यवसायी संघ, भरतपुर महानगरपालिका, नागरिक समाज, नेपाल सरकार र विभिन्न संघसंस्थालाई अनुरोध गरिएको छ ।
नारायणगढको लायन्सचोक र बालकुमारी उच्च माविको आडमा भरतपुर महानगरपालिकाले सञ्चालन गरेको तरकारी तथा फलफूल थोक बजारमा भाडा बढाउने गरी भरतपुर महानगरपालिकाले टेण्डर आह्वान गरेको छ । व्यवसायीले भने त्यसको विरोध गरिरहेको छ ।