मनोज पन्त
३ श्रावण ।
जन जागृती हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी सस्था लि. ले बचत तथा ऋण शुभारम्भ कार्यक्रम आज सप्पन्न गरेको छ।
पूर्वी चितवन स्थित राप्ती नगर पालिका-५ मा आयोजना गरिएको सो कार्यक्रममा सस्थाका अध्यक्ष धर्मराज कंडेल सभापति , नगर प्रमुख प्रभा बराल प्रमुख अतिथी,उप प्रमुख इमान सिङ लामा, मौरी विशेषज्ञ शिव प्रसाद रिजाल विशिष्ट अतिथी, अतिथीहरुमा भण्डारा मा.बि. का सह प्राचार्य डिल्ली प्रसाद थपलिया,समाज सेवी फणिन्द्रराज पाठक,भण्डारा दुग्ध उत्पादक सहकारी सस्थाका उपाध्यक्ष डालबहादुर श्रेष्ठ,वार्ड न. ४ का अध्यक्ष शमशेर लामा,वार्ड न. ६ का अध्यक्ष जल्लु थारु लागयतले मन्तब्य ब्यक्त गर्नु भएको थियो।
सस्थाका सह सचिव बिमल राज पाठकले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको सो सस्था मा ९०३ शेयर सदस्य रहेका छन।