राजन दिल गुरुङ
चितवन , २ साउन ।
लामो समय लोक दोहोरि गायनमा बिताएकी गायिका दुर्गा सापकोटाले “एक नम्बर” पछि “पालि टिनैको” तीज गीत ल्यायकी छिन ।
गायिका सापकोटाले, यसै बर्ष गायक तेजश रेग्मीको संकलन तथा आवाज र बिनोद पराजुलीको संगीतमा पालि टिनैको…मौलिक तीज गीत बजारमा ल्याएकी छिन
।
रेड एप्पलको प्रस्तुति रहेको गीतमा मोडल अन्जली अधिकारी, ध्रुव हिमाली र भटभटे माइलाको अभिनय देख्न सकिन्छ भने स्मृति तिमिल्सिनाले निर्देशन गरेकी छिन।
यतिबेला संगीत बजारमा तडक भडक मिसिएको गीत मात्र भएको र मौलिक वास्तविक तीजको स्वाद नभेटेकोका लागि यो गीतले पूर्ण मनोरंजन दिने सापकोटाको भनाइ छ ।
भिडिओ हेर्नुहोश –