काठमाडौँ, ४ असोज ।
वर्ष २०७६ को मदन पुरस्कार ‘महारानी’ उपन्यासका सर्जक चन्द्रप्रकाश बानियाँलाई दिइने भएको छ ।
मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले बानियाँको उपन्यास ‘महारानी’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
त्यस्तै, २०७६ सालको जगदम्बा-श्री पुरस्कार संगीतकार शान्ति ठटाललाई दिने निर्णय पनि मदन पुरस्कार गुठीले गरेको छ ।
बानियाँ र ठटाललाई गुठीले एक कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गर्नेछ ।