बाजुरा, ४ असोज ।
संविधान दिवसको अवसरमा खप्तड मालिका युवा सञ्जाल बाजुराले शनिबार हाजिरीजवाफ कार्यक्रम गरेकाे छ ।
कार्यक्रम भर्चुअल विधिबाट गरिएकाे थियो । गणेशबहादुर रोकायाकाे संयोजकत्वमा गरिएकाे कार्यक्रममा प्रमुखअतिथि नेपाल बार एसोसिएसनका पूर्व महासचिव तथा अधिवक्ता खम्मबहादुर खाती थिए । विशिष्टअतिथिको रूपमा सामाजिक अभियान्ता केपी खनाललाई सहभागी गराइएको थियो ।
कुल १५ जना प्रतियोगी सहभागी रहेको हाजिरीजवाफ कार्यक्रममा महेन्द्रनगरका जनक सिंहले प्रथम स्थान हासिल गरे भने नयन बोहरा द्वितीय र पवन रेग्मी तृतीय भए ।
संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि खम्मबहादुर खातीले वर्तमान सरकार संविधान अनुकूल नचलेको बताउँदै जनता पनि आफ्ना हक अधिकारबाट बन्चित भएको भन्दै यो अवस्था कहिलेसम्म ? भनेर सरकार लाई नै प्रश्न गरे ।
कार्यक्रमका विशिष्ट अतिथि केपी खनालले कुनै पनि काम गर्दा आफैबाट सुरु गर्ने र त्यसको अगुवाई आजका युवाहरूले गर्नुपर्ने बताए । `युवा भनेका हावा हो, हावालाई कसैले पनि रोक्न सक्दैन´, अभियन्ता खनालले भने- `युवालाई मानिस बाचुन्जेल केहि न केही गर्नु पर्छ भनेर हौसला दिनुपर्छ ।´
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका वरिस्ठ उपाध्यक्ष राजेन्द्र रोकायाले दिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिलाई प्रश्न सोधेर गरिएको थियो । खप्तड मालिका युवा सञ्जालले बाजुरा जिल्लामा सामाजिक तथा परोपकारी काम गर्दै आईरहेको सामाजिक अभियन्ता रन्जना कुँवर खड्काले कायाकैरनलाई जानकारी दिइन् ।