काठमाडौँ, ३ असोज ।
देशभर हाल २ सय १४ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत छन् । यीमध्ये १ सय ७९ जना आइसियू र ३५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिम बाहेक अन्य ६ प्रदेशमा संक्रमितहरु आइसियू र भेन्टिलेटरमा छन् । यी प्रदेशमध्ये पनि प्रदेश २, गण्डकी र कर्णालीमा कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् ।
आइसियू र भेन्टिलेटरमा रहने कोरोना संक्रमितको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै छ । बागमती प्रदेशमा मात्र १ सय २७ जना आइसियू र ३३ जना संक्रमित अस्पतालको भेन्टिलेटरमा छन् ।
प्रदेश १ मा ७ जना आइसियू र १ भेन्टिलेटरमा, प्रदेश २ मा ४ आइसियूमा छन् । गण्डकीमा ६ जना आइसियू, प्रदेश ५ मा २४ जना आइसियू र १ भेन्टिलेटरमा, कर्णालीमा ११ जना आइसियूमा रहेको मन्त्रालयले जनाएको छ ।