भरतपुर, ३ असोज ।
चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गएराती गरिएको परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा खैरहनी र राप्तिका २/२ जना र रत्ननगरका १ जना रहेका छन् । उनीहरु सबै क्वारेन्टाइनका हुन् ।
३१७ वटा नमुना परिक्षण गर्दा बाँकी ३१२ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । अघिल्लो दिन चितवनमा एक सय ८० भन्दा बढीमा संक्रमण पुस्टि भएको थियो ।