भरतपुर, २ असोज ।
नेपाली रेल भारतबाट जनकपुरधाम आइपुगेको छ । नेपालको झण्डाको रंगमा रंगिएको रेल परिक्षणका लागि जनकपुरधाम आइपुगेको हो ।
ठूलो संख्यामा जम्मा भएका स्थानीयले रेलको स्वागत गरेका छन् ।
तीन चरणमा निर्माण भइरहेको रेलको काम अन्तर्गत पहिलो चरणमा जयनगरदेखि कुर्थासम्मको काम सम्पन्न भएको छ ।
एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्न जनकपुर आइपुगेको हो ।