दोलखा, २८ वैशाख । दोलखामा बिहीबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । लामोसाँघु–जिरी सडक खण्डको तीन किलो भन्ने स्थानमा भएको उक्त यात्रुबहाक बस दुर्घटनामा दोलखा लामिडाँडा–७ का मृक्तिनाथ घिमिरे र उनकी श्रीमती रत्तनकुमारी घिमिरेको मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा घाइते भएका नौ जनालाई थप उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको छ । ३३ जना भन्दा बढी सवार उक्त बस दुर्घटना हुनुको कारण भने खुलिसकेको छैन ।