एजेन्सी – विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ४२ हजार ७७६ पुगेको छ । कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९ लाख ४५ हजार भन्दा धेरै भएको छ ।
यसैगरी विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ करोड १८ लाख ८ हजार ८५२ पुगेको छ ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६८ लाख २८ हजार ३०१ पुगेको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या पनि २ लाख १ हजार ३४८ छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ५१ लाख १८ हजार २५३ जना संक्रमित भएकोमा ८३ हजार २३० जनाले ज्यान गुमाएका छन् ।
यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा ब्राजिल रहेको छ । त्यहाँ ४४ लाख २१ हजार ६८६ जनामा संक्रमण भएकोमा १ लाख ३४ हजार १७४ भन्दा धेरैको ज्यान गएको छ ।
रुसमा १० लाख ७९ हजार ५१९ जना संक्रमित भएका छन् भने १८ हजार ९१७ जनाको मृत्यु भइसकेको छ । स्पेनमा ६ लाख १४ हजार ३६० संक्रमित भएकोमा ३० हजार २४३ जनाले ज्यान गुमाएका छन् ।
बेलायतमा ३ लाख ७८ हजार २१९ संक्रमित भएकोमा ४१ हजार ६८४ जनाको मृत्यु भइसकेको छ ।
पेरुमा संक्रमितको संख्या ७ लाख ४४ हजार ४०० छ भने ३१ हजार ५१ जनाको मृत्यु भइसकेको छ ।