भरतपुर, १ असोज ।
चितवनमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा बुधबार राति गरिएको परिक्षणमा उनिहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा भरतपुर र खैरहनीका दुई, दुई जना रहेका छन् । भरतपुरमा संक्रमण देखिएकाको स्वाब पुरानो मेडिकल कलेजबाट लिइएको थियो भने खैरहनीका होम क्वारेन्टाइनमा बसेका थिए । संक्रमण पुष्टि हुनेमा तीन पुरुष र एक महिला छन् ।
प्रयोगशालामा २९९ वटा नमुना परिक्षण गर्दा ४ जनामा मात्र पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।