भरतपुर, ३१ भदौ ।
कोरोना संक्रमण पुष्टि भएका कांग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । निमोनियाको शंका लागेपछि मंगलबार साँझ ८ बजे चाबहिलस्थित ओम् अस्पताल भर्ना भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । भदौ २३ गते कोरोना संक्रमण देखिएपछि डा. कोइराला घरमै आइसोलेसनमा बसिरहेका थिए ।
कोइरालालाई हलुका खालको निमोनिया र ज्वरो देखिएको अस्पतालका प्रवक्ता विनोद अधिकारीले बताए । “उहाँमा हल्का ज्वरो र रुघाखोकी देखिएको छ । स्वास्थ्य अवस्था सामान्य छ । उहाँलाई प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा राखिएको छ”, प्रवक्ता अधिकारीले भने ।
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो ।
स्रोत : इकान्तिपुर डट कम