भरतपुर, ३१ भदौ ।
सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर बुधबार बिहान ६ रेक्टर स्केलको भूकम्प गएको छ ।
बिहान ५ बजेर १९ मिनेटमा उक्त भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यो भूकम्प २०७२ सालकै भूकम्पको पराकम्प भएको उनले बताए ।
२०७२ साल वैशाख १२ गते गएको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछि पाँच वर्षदेखि नै बेलाबेलामा परकम्पहरू आइरहेका छन् ।
भूकम्पको धक्का कडा रुपमा महसुस भएपछि मानिसहरु घर बाहिर निस्केका छन् । भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।
धादिङ, चितवनसँगै तराइका विभिन्न जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको मानिसहरूले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial
— NSC, Nepal (@NepalNsc) September 15, 2020