एजेन्सी–भारतमा २४ घण्टामा ८३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छ्न् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार ८३ हजार ८ सय ९ संक्रमित थपिएका हुन् । योसँगै भारतमा कूल संक्रमितको संख्या ४९ लाख ३० हजार २ सय ३७ पुगेको छ ।
यस्तै, २४ घण्टामा १ हजार ५४ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० हजार ७ सय ७६ पुगेको छ । भारतमा हाल ९ लाख ९० हजार ६१ सक्रिय संक्रमित छन् भने ३८ लाख ५९ हजार ४ सय जना निको भइसकेका छन् ।