भरतपुर, ३० भदौ ।
नेपाल खड्का समाजले बाजुराको गौमुल गाउँपालिकाका पहिरो पीडितका लागि नगद सहयोग उपलब्ध गराएको छ । गत भदौ २ गतेको अविरल वर्षाका कारण त्यस क्षेत्रमा पहिरोले ठूलो भौतिक क्षति गर्नुका साथै पशु चौपायालाई समेत क्षति पुर्याएको थियो । पहिरोले स्थानीयले अन्न कुट्न प्रयोग गर्ने घट्ट समेत बगाएको छ । घट्ट बगाएपछि स्थानीयलाई अन्न कुट्न असजिलो भएकोले घट्ट बनाउनका लागि सहयोग रकम उपलब्ध गराइएको खड्का समाजकी प्रतिनिधि रन्जना कुँवर खड्काले बताइन् ।
बाजुरास्थित खप्तड मालिका युवा सञ्जालका गणेशबहादुर रोकायासँग समन्वय गरि खड्का समाजले संकलन गरेको २० हजार रुपैयाँ महालक्ष्मी बैंक मार्तडी शाखा मार्फत उपलब्ध गराइएको हो ।