भरतपुर, २९ भदौ ।
सरकारले आगामी आश्विन असोज ५ गतेदेखि आन्तरिक उडानका साथै लामा दूरीमा चल्ने यातायातका साधनलाई सेवा सुचारु गर्न दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीका यातायातका साधन असोज ५ गतेदेखि सञ्चालन गर्न दिने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर हवाइ उडान र लामा दूरीका सार्वजनिक यातायात सुचारु गर्ने निर्णय भएको हो ।