काठमाडौं, २९ भदौ ।
देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियु र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर २ सय ८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् ।
मन्त्रालयको तथ्यांक अनुसार २९ जना भेन्टिलेटरमा र १७९ जना संक्रमित आइसियुमा उपचाररत छन् ।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२९ जना आइसियु र २६ जना भेन्टिलेटर, प्रदेश ५ मा २० जना आइसियु र १ जना भेन्टिलेटर, प्रदेश १मा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा, सुदुरपश्चिममा १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै प्रदेश २ मा ९, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १० आइसियुमा उपचाररत रहेका छन् ।