भरतपुर, २९ भदौ
चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।
गैडाकोट नगरपालिका वडा नम्बर ९ निवासी ६२ बर्षीया महिलाको मृत्यु भएको हो । भदौ १७ गते कोरोना पुष्टि भएकी उनको कोभिड आइसियूमा उपचारको क्रममा गएराति ११ः३० बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए । स्वासप्रश्वासको समस्या र निमोनियाका कारण उनललाई अस्पताल भर्ना गरिएको थियो ।
चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । चितवनका मात्रै १७ जना संक्रमितको मृत्यु भएको छ ।