असार ३०,चितवन
राप्ती नगर पालिकाको प्रथम नगर सभा पूर्बी चितवनको भण्डारामा आज सप्पन्न भएको छ।
राप्ती नगर पालिकाका नगर प्रमुख प्रभा बराल सभाध्य्क्ष रहनु भएको सो कार्यक्रममा पूर्ब अर्थ मन्त्री तथा चितवन क्षेत्र न. १ का सासद सुरेन्द्र पाण्डे प्रमुख अतिथी रहनु भएको थियो।
राप्ती नगर पालिकाका कार्यकारी अधिकृत
गङा बहादुर भुजेल,सरकारी तथा गैर सरकारी सस्थाका प्रतिनिधिहरु,विभिन्न राज नैतिक दलका नगर प्रतिनिधिहरु,सुरक्षा निकायका प्रतिनिधिहरु, १३ वटै वडाका अध्यक्ष, सदस्यहरुको उपस्थिति रहेको सो नगर सभामा राप्ती नगर पालिकाका उप प्रमुख इमान सिङ लामाले आर्थिक वर्ष २०७४/७५ बजेट प्रस्तुत गर्नु भएको थियो। कूल बजेट ४७ करोड उनन्तीस लाख रहेको छ।