चितवन, २७ भदौ ।
छाप्रोमा कष्टकर जीवन विताउँदै आएका कालिका नगरपालिका ५ निवासी मुसनी महतो र फोहरी महतोका लागि समाजसेवी टोलीले घर निर्माण सुरु गरेका छन् । खैरहनीका समाजसेवी मुरली प्रसाद गजुरेल सहितको टोलीले विकासशील टोलमा छाप्रोमा वस्दै आएका महतो दिदीबनिीका लागि घर निर्माण सुरु गरेका हुन् । उनीहरूको बसोबासका लागि बहिनीहरू एतरिया महतो र ठगनी महतोले जग्गा उपलव्ध गराएका हुन् । सोही जग्गामा दुई कोठे घर तयार हुने समाजसेवी मुरली प्रसाद गजुरेलले वताए । दशँै अगाडि नै घर निर्माण गरेर महतो दिदीबहिनीलाई हस्तान्तरण गरिने पनि गजुरेलले वताएका छन् । ओकोयामा नेपाली समाज जापानका अध्यक्ष प्रेम आचार्यसहित उनका साथीहरूले घर निर्माणका लागि २ लाख रुपैयाँ सहयोग गर्ने वचन दिएका छन् । आचार्यले आफ्नो जन्मदिनको अवसरमा सहयोगी काम गर्ने भनेर १ लाख ४० हजार रुपैयाँ छुट्याएको बताए । आचार्य बाहेक शिव प्रसाद आचार्य, नारायण सापकोटा, वालकृष्ण विश्वकर्मा, अगन्धर कँडेल, रामकृष्ण शर्मा, धनप्रसाद कँडेल र आनन्द आचार्यले कूल २ लाख १ हजार २ सय रुपैयाँ सहयोग गरेका छन् । महतोका लागि घर निर्माण गर्न देश तथा विदेशमा रहेका अरु नेपालीहरूले पनि सहयोग रकम घोषणा गरिसकेका छन् । गजुरेल सहितको टोलीले लकडाउनको अवधिमा मात्रै दुई सय बढी परिवारलाई खाद्यान्न सहयोग गरिसकेका छन् ।
महतो दिदीबहिनीका लागि घर बनाइँदै
महतो दिदीबहिनीका लागि घर बनाइँदै

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस