भरतपुर, २५ भदौ
कोरोनाको कहरकै बीच भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट फेरिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको मेसुमा डा.राजन पाण्डेलाई नियुक्त गरेको छ । यसअघि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी थिए ।
भदौ २४ गतेको मन्त्रीस्तरको निर्णयबाट उनलाई भरतपुर अस्पतालको प्रमुख मेसुमा नियुक्त गरिएको अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले बताए । प्रमुख कन्सल्टेण्ट जनरल फिजिसियन पाण्डे नेपालगन्जको भेरी अस्पतालमा कार्यरत थिए । उनी एघारौं तहका चिकित्सक हुन् ।
डा. पाण्डे र डा.तिवारी गत शुक्रबार एकै दिन कोरोनामुक्त भएका थिए । पाण्डे १३ औं दिन र तिवारी २० औं दिनमा कोरोनामुक्त भएका थिए ।