भरतपुर, २५ भदौ
चितवनमा १४ जना कोरोना संक्रमित थपिएका छन्। भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएका भरतपुर महानगरपालिकाका १३ जना र रत्ननगर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु महिला/पुरुष ७/७ जना छन् । उनीहरु २१ देखि ७० वर्षसम्मका रहेको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले बताइन् ।
३१९ वटा नमुनाको परीक्षण गर्दा १४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
चितवनमा कोरोना संक्रमितको संख्या १ हजार ८५ जना पुगेको छ । भरतपुर महानगरमा मात्रै ७२१ जना संक्रमित पुगेका छन् ।