भरतपुर, २४ भदौ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको सल्लाहकारमा चितवनबाट कवि एलबी क्षेत्री र समालोचक डा. लक्ष्मणप्रसाद गौतम मनोनित भएका छन् ।
अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको बैठकले बिधान अनुसार ७ जनालाई सल्लाहकारमा मनोनीत गरेको निर्णय गरेको छ ।
मनोनित हुनेहरूमा चितवनका क्षेत्री र गौतमसँगै निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एनआरएनए अध्यक्ष कुमार पन्त, डा. पुष्पा शर्मा (भारत ), राम खत्री (अमेरिका) र सुमलकुमार गुरुङ (युरोप ) छन् ।
अनेसासको विधान अनुसार ७ जनासम्म सल्लाहकार मनोनित गर्नसक्ने व्यवस्था रहेको छ । त्यही व्यवस्थालाई उपयोग गर्दै अनेसास केन्द्रीय कार्यसमितिले सात जनालाई सल्लाहकारमा मनोनित गरिएको अध्यक्ष पौडेलले कायाकैरनलाई बताए ।