भरतपुर,३० असार ।
नजिकिदै गरेका चाडपर्वलाई विकृत रहित बनाउन महिला अभियान्ताहरुले अभियान चलाउने भएका छन् । अन्तरपार्टी महिला सञ्जाल चितवनले भरतपुरमा बिहीबार आयाजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायलाई विकृत रहित चाडपर्व बनाउन प्रतिवद्धतानै मागेको थियो ।
वडा नागरिक मञ्च भरतपुर ५ की अध्यक्ष देवकी गौतमले संस्कृतिलाई पछ्याइरहन विकृत परम्परालाई रोकिनुपर्नेमा जोड दिइन् । उनले तीजलाई मात्रै भड्किलो पर्वका रुपमा नलिन अनुरोध गरिन् । अन्य चाडपवमा हुने विकृतिलाई रोक्न स्थानीय प्रशासनले चासो दिनुपर्ने बताइन् । शिक्षिका गायत्री शर्माले विद्यालय तहबाटै चाडपर्वलाई उल्लासयम बनाउन समाजमा सन्देश छर्न सकिने बताइन् । उनले चाडपर्वलाई गरगहना देखाउने, खर्चिलो बनाउन नहुने बताइन् ।
अन्तरपार्टी महिला सञ्जालकी सदस्य सरस्वती विष्टले एक्लो प्रयासमा चाडपर्वमा हुने तडकभडक रोकिन नसकेकाले हातेमालो गर्न खोजिएको बताइन् । महिलास्वयमसेवीक शुभद्रा श्रेष्ठले तीजका उच्छृङखल गीत प्रशारणमा रोक लागाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिन् । कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल, माओवादी केन्द्रका , राप्रपा जिल्ला अध्यक्ष बद्री तिमिल्सिना लगायतले चाडपर्वलाई खर्चिलो बनाउने गरी कार्यक्रम गर्ने प्रथा रोकिनुपर्नेमा जोड दिए । उनीहरुले पार्टीका भातृसंगठनलाई शुभकामना आदानप्रदानको बहानामा भड्किलो बनाउन नदिन खबरदारी गरिने प्रतिवद्धता जनाए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले स्थानीय प्रशासनले विकृत रोक्न कदम चाल्ने बताए । “कानुन सबैले पालना गर्नुपर्छ, देखासिकी गरेर चाडपर्वमा खर्च गर्ने परम्परा तोड्नुपर्छ”, उनले भने, “संस्कृति रक्षा गर्नुपर्छ, तर जथाभावी खर्च गरेर अरुलाई देखाउने काम रोक्न कडा निगरानी गर्नेछोँ ।” कार्यक्रम अन्तरपार्टी महिला सञ्जाल चितवनकी अध्यक्ष संगिता भट्टराईको अध्यक्षतामा भएको थियो ।
कम खर्च गरेमा विकृत रहित चाड बन्छ
कम खर्च गरेमा विकृत रहित चाड बन्छ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस