काठमाडौँ, २४ भदौ ।
काठमाडौं उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको छ ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर-बिजोर प्रणाली लागू हुने निर्णय गरेको छ । निजी सवारी साधनमा पनि जोर विजोर प्रणाली लागू हुने काठमाडौँका प्रजिअ जनकराज दाहालले जानकारी दिए ।
काठमाडौं उपत्यकामा भदौ ३ गते मध्यरातबाट लागू भएको पूर्ण निषेधाज्ञाको पछिल्लोपटक थपिएको समय आज बुधबार मध्यरात सकिँदै छ ।
त्यस्तै, पसल तथा व्यवसायहरु दिनभरि खोल्न पाउने निर्णय भएको छ । बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि डिपार्टमेन्टल स्टोर र सपिङ मल पनि खोल्ने निर्णय भएको दाहालले जानकारी दिए ।