भरतपुर, २४ भदौ
चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ९ र माडीका २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् ।
कोरोना पोजेटिभ देखिनेहरु १८ महिने बालकदेखि ५४ बर्ष सम्मका छन् । भरतपुरमा पुष्टि भएकाहरुको नमुना भरतपुर अस्पताल स्वाब संकलन केन्द्र र पुरानो मेडिकल कलेज तथा माडीमा क्वारेन्टिनबाट संकलन गरिएको थियो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलकाअनुसार मंगलबार राति १२ बजेसम्म २५७ वटा नमुना परीक्षण गरिएकोमा सिन्धुपाल्चोकका एक जनासहित १२ जनामा संक्रमण पुष्टि भएको हो ।