भरतपुर, २३ भदौ
चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेको अवस्थामा मृत एक सिंगे गैंडा भेटिएको छ । निकुञ्जको रातोपानी घोल भन्ने स्थानमा डुुबेको अवस्थामा मृत गैंडा भेटिएको प्रमुुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
टाउकोमा दुुईवटा गोली लागेको अवस्थामा गैंडा भेटिएको बरालले बताए । भदौ २१ गते नै मृत गैंडा भेटिएपनि मंगलबार मात्रै निकुञ्जले सार्वजनिक गरेको हो । मृत गैंडाको खाग र खुर भने सुरक्षित छ ।
प्रमुुख संरक्षण अधिकृत बरालले सिकारीले गोली हनेर भागेको हुनसक्ने बताए । ‘केही दिनअघि गोली पड्किएको आवाज सुनेपछि निकुञ्जका सुरक्षाकर्मीहरुले खोजी कार्य तिब्र बनाएको थियो’, बरालले भने, ‘तर गैंडा, गोलीको खोका केही पनि भेटिएको थिएन ।’ उनले नारायणी नदीको टापुु लौखानी पारी भनिने स्थान नजिकै पर्ने रातोपानी घोलमा गैंडा फेला परेको बताए ।
चितवन राष्ट्रिय निकुञ्जमा यस वर्ष चारवटा गैंडा मरेका छन् । यसअघि कालगती र दुर्घटनामा परेर तीनवटा गैंडा मरेको बरालले बताए । यसपटक भने शंकास्पद रहेको भन्दै उनले अनुसन्धान भइरहेको बताए ।