भरतपुर, २३ भदाै
कसैलाई काेराेनाकाे आशंका भएर नमुना परीक्षण गरियाे भने रिपोर्ट नआइञ्जेल मानसिक तनाव हुन्छ । रिपोर्ट कुर्दाकाे तनाव विछट्टैकाे हुन्छ । अझै दुईथरि रिपोर्ट आयाे भने त्यसले कति तनाव दिन्छ हाेला !
क्यान्सरको उपचारका लागि भदौ १७ गते भरतपुर आइपुुगेकी धनुुषाकी सूूर्यकला देवीले भाेगिन् यी सबै ।
उपचारमा आउनेबित्तिकै पीसीआर गर्नुपर्ने भनियाे । केही दिन कुरेपछि परीक्षणको अवसर पाइन् । भोलिपल्ट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले उनको स्वाब निकालेर परीक्षणका लागि पठायो । रिपोर्ट आउन चार दिन लाग्याे । भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालाबाट भदौ २२ गते उनकाे रिपोर्ट आयाे-‘पाेजिटिभ’ ।
अस्पतालको नजिकै रहेको गोरखा वारपाक होटलमा बसेकी उनलाई कोरोना पुष्टि भएपछि घर फर्काउन स्थानीयबासी तथा होटल सञ्चालकहरुले धनुुषाको स्थानीय तहमा सम्पर्क गरे । सोमबार अपराह्न ९ हजार रुपैयाँ खर्च गरेर एम्बुलेन्स पनि मगाइयो । तर, एम्बुलेन्ससँगै माेबाइलमा म्यासेज आयाे-‘काेराेना नेगेटिभ’ ।
मध्याह्न १२ बजे कोरोना पोजिटिभ देखिएको खबर पाएकी सूूर्यकलाले करिब ५ घण्टाको अवधिमा नेगेटिभ रिपोर्ट आएको एसएमएस देखिन् । उनको मोवाइलमा दुुई पटक उस्तै एसएमएस आएको थियो ।
एसएमएसले सूूर्यकलाको परिवारमा खुसी छायो । कोरोना होइन भन्ने खबर पाएपछि एम्बुुलेन्सलाई फिर्ता पठाउने सल्लाह भयो । कोरोनाकै कारण उपचार नगराइकन फर्कन लागेकी सूूर्यकलालाई उपचार सकेर फर्कने कुराले खुसी बनाउनु स्वभाविकै थियो । यद्यपि केही घण्टाअघि आएको रिपोर्टमा लेखिएको ‘पोजिटिभ’ शब्दले उनी र उनको श्रीमानको मनमा घोचिरहेको थियो ।
थप प्रष्ट हुन क्यान्सर अस्पतालको प्रहरीलाई उनीहरुले आफ्नो कुुरा सुनाए । प्रहरीले भोलि बुझेर खबर गर्ने आवश्वासन दियो ।
अन्योलबीचै एम्बुलेन्स चढेर उनीहरू धनुुषा लागे ।
‘हामी त अन्योलमा पर्यौं, एम्बुलेन्स भन्ने बितिक्कै पाइँदैन । बल्ल–बल्ल पाएको छोड्न भएन भनेर हामी घर आइपुुग्यौं’, सूूर्यकलाका श्रीमानले भने, ‘अझै पनि वास्तविक रिपोर्ट के हो थाहा छैन । केही जानकारी पाउनुुभयो भने खबर गरिदिनुुहोला ।’
ल्याबको लापरबाहीले बिरामी मात्रै होइन स्वास्थ्यकर्मीहरुलाईसमेत अन्योलमा पारेको छ । भरतपुर अस्पतालका एक जना स्वास्थ्यकर्मीको मोबाइलमा सोमबार पाँच वटा एसएमएस आयो । पाँचवटै एसएमएसमा लेखिएको थियो ‘रिपोर्ट नेगेटिभ’ । जबकि उनले पीसीआर परीक्षणका लागि स्वाब सोमबार बिहान मात्रै दिएका थिए ।
प्रयोगशालाले रिपोर्ट दिन स्वाब दिएको कम्तीमा पनि दुुई दिन लगाउने गरेको छ । स्वाबको चापका कारण कतिपयकाे रिपोर्ट आउन एक हप्ता लाग्ने गरेको छ । ‘स्वाब दिएको केही घण्टामै नेगेटिभ भनेर एसएमएस आएपछि म त दङ्गै परेँ’, उनले भने, ‘एक छिनमा फेरि उस्तै अर्को एसएमएस आयो, त्यसैगरी पाँचवटा एसएमएस आयो ।’
उनले प्राविधिक गडबडी भएको हुनसक्ने भनेर यसलाई वास्ता गरेनन् । ‘बेला–बेलामा परीक्षण गरिरहने भएकाले पहिले गरिएका रिपोर्टको नतिजा पनि एसएमएसमा आयो कि भन्ने लागेको छ’, उनले सुनाए ।
भरतपुर अस्पतालले केही दिन अघिमात्रै पीसीआर परीक्षणको नतिजा एसएमएसमार्फत पठाउने घोषणा गरेको थियो । तर, कागजमा र एसएमएसमा फरक–फरक नतिजा आउँदा सर्वसाधारण अन्योलमा परेका छन् ।
भरतपुर अस्पतालका इन्जिनियरिङ विभागका प्रमुख इन्जिनियर चन्द्रमणि बस्यालले सुुरुआती अवस्था भएका कारण परीक्षणका क्रममा गलत एसएमएस गएको हुनसक्ने बताए । ‘ल्याबमा साथीहरु पनि सिक्ने क्रममै हुनुहुन्छ । हामी यसलाई व्यवस्थित बनाएर लैजान्छौं’, उनले भने, ‘गलत म्यासेज गएकाहरुलाई पुनः खबर गरिरहेका छौं ।’ उनले कोरोना परीक्षणको फारममा टिपिएको मोवाइल नम्बर गलत भएर पनि समस्या आएको हुनसक्ने बताए ।