भरतपुर, २२ भदाै
चितवनमा थप २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका १४ जनासहित कुल २२ जनाकाे नमूनामा काेराेना पाेजिटिभ देखिएकाे हाे । बाँकी ८ जना अन्य जिल्लाका छन् ।
संक्रमितमध्ये भरतपुर महानगरपालिकाका १३ जना र रत्ननगर नगरपालिका–१ की ५४ वर्षीया महिला छन् ।
यस्तै पूर्व नवलपरासी गैंडाकोट नगरपालिकाका चार जना र कावासोती नगरपालिकाका एक जना, नवलपरासी पश्चिम बर्दघाटका एक जना, मकवानपुर र बाराका एक-एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा आइतबार गरिएको परिक्षणमा चितवनका ३३ सहित ४३ जनामा संक्रमण पुष्टि भएको थियाे । चितवनको भरतपुरमा सबैभन्दा धेरै संक्रमित रहेका छन् ।
भरतपुरको विभिन्न वडाका २१ जना, कालिका नगरपालिकाका ९ जना, रत्ननगर नगरपालिकाका २ जना र खैरहनी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । संक्रमित हुनेहरुमा ४ बर्सिय बालक देखि ६८ बर्ष उमेर समुहका छन् ।
कालिका, रत्ननगर र खैरहनीका संक्रमितहरु क्वारेन्टाइनका हुन् । यस्तै जिल्ला बाहिरका १० जनामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरु सबैको स्वाब क्यान्सर अस्पताल भरतपुरबाट संकलन गरिएको थियो । आइतबार ४०५ वटा नमुना परिक्षण गरिएकोमा ३६२ जनाको भने रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।