भरतपुर, २० भदौ
चितवनका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशाला । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ सहित ३६ जनामा संक्रमण देखिएको हो ।
कोरोना पुष्टि हुनेहरु १० देखि ७३ वर्षसम्मका छन् ।
भरतपुर अस्पतलको प्रयोगशालामा भरतपुर महानगरका ४ पुरुष र ३ महिलामा कोरोना पोजेटिभ देखिएको छ । नवलपुरको गैंडाकोट र रुपन्देहीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
चितवा मेडिकल कलेजमा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १९ जना, रत्ननगर र राप्ती नगरपालिकाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यहाँ गरिएको परीक्षणमा मकवानपुरका २, रुपन्देही, काठमाडौं, पर्सा र गुल्मीका एक/एक जनामा पोजेटिभ देखिएको छ ।
अहिलेसम्म चितवनका ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।